बाढी पीडितहरुको अवस्था बुझ्न गृहजिल्ला जाँदै प्रचण्ड

काठमाडौं । बाढी पीडित तथा कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका जनताहरुको अवस्था बुझ्न सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन जाने भएका छन् ।

सो कुराको जानकारी उनका स्वकीय सचिव गंगा दाहालले आफ्नो आधिकारिक फेसबूकमार्फत् दिएकी हुन् ।

प्रचण्डले त्यहाँ पुगेर अविरल वर्षासँगै आएको बाढीपहिरो तथा कोरोना भाइरस प्रभावित क्षेत्रमा बसेका जनताहरुको अवस्था बुझ्ने स्वकीय सचिव दाहालले उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *