बाढीपहिरोपीडितलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनाको व्यवस्था मिलाइने

काठमाडौँ । केहिदिन देखि लगातार वर्षापछि आएको बाढीपहिरोमा परेका पिडितहरूलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनामा सरकारले कार्य गर्ने भएको छ।

बालुवाटार स्थित प्रधानमन्त्री कार्यालयमा शनिबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले देशका आठ जिल्ला अहिले बाढीपहिरोबाट प्रभावित भएकोले उद्धारदेखि पुर्नस्थापनाका काम गर्ने निर्णय गरेको हो।

तस्वीर राजन काफ्ले : प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरू तथा सुरक्षा निकायबीचको बैठकले उक्त निर्णय गर्दै बाढीपहिरोपीडितलाई उद्धार गरी सार्वजनिक भवन, विद्यालयहरूमा राख्न सकिनेबारे छलफल भएको हो।

तस्वीर राजन काफ्ले: प्रधानमन्त्रीको सचिवालय

बाढीपहिरोपीडितलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनाका विषयमा सरोकारवालहरुसँग छलफल भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । प्राकृतिक विपदबाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुर्नस्थापना गर्ने विषयमा छलफल भएको उनको बताए ।

राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार शुक्रबार बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका छन् भने, बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु,३६ जना बेपत्ता र २६ जना घाइते छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *