बाढी पहिरोपीडितलाई विद्यालय भवनहरुमा राखिने !
मकालु खबर
२०७७ असार २७ गते
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट प्रभावित बनेका पीडितहरुलाई उद्धार गरी सार्वजनिक भवन तथा विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।
शनिबार (आज) विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले प्रधानमन्त्री निवास बालुवाटारमा सरोकारवालासँग गरेको छलफलमा सो विषयबारे छलफल भएको परिषद्का कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।
प्राकृतिक विपद्बाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुर्नस्थापना गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।
मकालु खबर
२०७७ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित