अझै दुई महिनासम्म बाढी पहिरोले आक्रान्त पारिरहन्छ, पूर्व तयारीमा जुटौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी तथा पहिरोले अझै दुई महिनासम्म आक्रान्त पार्न सक्ने भन्दै पूर्व तयारीमा जुट्न आव्हान गरेका छन् ।

शनिबार (आज) प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको विपद् व्यवस्थापन परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले राहत तथा उद्दार सामाग्रीहरु जिल्ला र स्थानीय तहसम्म लगेर राख्नसमेत आग्रह गरेका छन् ।

“प्रधानमन्त्रीज्यूले झरी नपरेपनि बाढी पहिरोले अझै दुई महिनासम्म आक्रान्त पारिरहन्छ भन्दै यसका लागि जिल्ला र स्थानीय तहमा राहत तथा उद्दार सामाग्री लगेर राख्न र यथाशक्य छिटो पुर्‍याउन निर्देशन दिनुभयो ।” प्रधानमन्त्रीलाई उदृत गर्दै परिषद्का व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने ।

बैठकमा बाढी तथा पहिरोबाट विस्थापितहरुलाई उद्दार गरेर सार्वजनिक भवन र विद्यालयहरुमा राखिनेबारे पनि छलफल प्रमुख पोखरेलले बताए ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार शुक्रबार बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *