प्रदेश नं. १ मा थपिए १३ कोरोना संक्रमित, ७ जना डिस्चार्ज

विराटनगर । प्रदेश नं. १ मा शनिबार (आज) थप १३ जना कोरोना संक्रमितहरु थपिएका छन् ।

सुनसरीमा ४, उदयपुरमा ४, मोरङमा ३ र झापामा २ गरी आजै १३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमित हुनेहरुम सुनसरीका ४, धरानका ४, उदयपुरको बेलकाका ४, विराटनगरका २, सुन्दरहरैचाका १ र झापाको भद्रपुरका २ गरी १३ जना पुरुषहरु रहेका छन् ।

योसँगै प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या ७ सय २१ पुगेको छ ।

प्रदेश नं. १ बाट डिस्चार्ज भएका बालक। तस्वीरः सुजाता लिम्बु, मकालु खबर

यस्तै आजै सात जना डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ । ‘कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र’मा उपचाररत झापा, इलाम र मोरङका २/२ र सुनसरीका १ जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेहरु गत १२ असारदेखि १७ गतेसम्म भर्ना भएकाहरु रहेको अस्पताल व्यवस्थापन समिति सदस्य ध्रुव उरावले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *