बलिउड अभिनेता अमिताभ र अभिषेक बच्चनलाई कोरोना पुष्टि

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार साँझ कोरोना परीक्षण गर्दा अमिताभलाई कोरोना देखिएपछि अभिषेकको पनि कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको हो ।

बाबु- छोरामा कोरोना पुष्टि भएपछि उपचारका लागि मुम्बईको नानावती अस्पताल भर्ना भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । ७७ वर्षका अमिताभले आफ्नो आधिकारिक ट्वीटर र फेसबुक मार्फत आफूलाई कोरोना पोजिटिभ भएको लेखेका छन् ।

 

यस्तै अभिषेकले समेत ट्वीटमार्फत आफूलाई कोरोना देखिएपछि अस्पताल भर्ना भएको लेखेका छन् । अभिषेकले शनिबार बुवा अमिताभ र आफूमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गर्दै सामान्य लक्षण मात्रै देखिएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *