चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । भरतपुर महानगरका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरपालिकाको वडा नम्बर ५, १५, १६ र २४ का ५ जनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरुमध्ये ४ जना पुरुष र १ महिला रहेको भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालाले जनाएको छ । उनीहरु सबै क्वारेन्टिनमा बस्दै आएकाहरु हुन् । चितवन जिल्लामा कोर‍ना संक्रमण पुष्टि हुनेको संख्या एक सय नाघेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *