बल्ल हजूरबा भैयो !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता डा. बाबुराम भट्टराई हजुरबुवा बनेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईकी छोरी मानुषीले आज (आइतबार) पुत्रलाई जन्म दिएकी हुन् ।

नेता भट्टराईका अनुसार आज बिहान काठमाडौंस्थित टिचिङ अस्पतालमा १० बजेर ५ मिनेट जाँदा पुत्रलाभ भएको हो । डा. गीता गुरुङको टिमले मानुषीको शल्यक्रिया गरेका थिए । अहिले आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाइ छ ।

मानुषी नेतृ हिसीला यमी र नेता भट्टराईकी एक्ली सन्तान हुन् । उनकाे बिवाह २०७२ साल माघ ३० गते तनहुँका जेकेन्द्र श्रेष्ठसँग भएकाे थियाे । बाबुरामका अनुयायीका रुपमा चिनिदै आएका जेकेन्द्र २०६३ तिर अखिल क्रान्तिकारी आवद्ध भएका थिए । तनहुँ स्थायी घर भएका उनी त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा क्रान्तिकारीका अध्यक्ष पनि थिए ।

बाबुराम पुत्री त्रिवि केन्द्रीय क्याम्पसमा अध्ययन गर्दा उनीहरुबीच भेटघाट भएको हो । मानुषी पनि त्रिविमा अखिलको राजनीति गर्ने भएकाले उनीहरुबीच सांगठनिक कामका शिलशिलामा घनिष्ठता सुरु भएको थियो । बाबुरामले एमाओवादी परित्याग गरेसँगै जेकेन्द्रले माओवादी छाडेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *