मूल्यवृद्धि गरेको भन्दै नेविसंघद्वारा आयल निगम घेराउ

काठमाडौं । पेट्रोलियम पदार्थको अनावश्यक मूल्यवृद्धि गरिएकाे भन्दै नेपाल विद्यार्थी संघले आज (आइतबार) काठमाडाैंमा  प्रदर्शन गरेको छ । मूल्यवृद्धिको विरोध गर्दै उनीहरुले बबरमहलस्थित नेपाल आयल निगम समेत घेराउ गरेका छन् ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा प्रदर्शनमा उत्रिएकाहरुले ‘सरकारमा बसेर जनता मार्न पाइँदैन, मूल्यवृद्धि खारेज गर, भ्रष्ट सरकार कहाँ छ नेविसंघ यहाँ छ, नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’लगायतका नारा लगाएका थिए ।

दश दिनका बीचमा दुई पटक पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने उनीहरुको माग छ । मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने उनीहरूकाे दाबी छ । कमिसन र भ्रष्टाचारमा डुबेको सरकारलाई सचेत गराउन आयल निगम घेराउ गरिएकाे उनीहरू बताउँछन् ।

निगमले असार २६ गते सूचना निकाले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँले मूल्यवृद्धि गरेको थियो। काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *