माग्ने बुढाको दिपाश्रीलाई सान्त्वना ‘त्यो दिन दिदीको ठुलै दशा रैछ’

काठमाडौं । महानायक राजेश हमाललाई ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न उठाएकी कलाकार तथा निर्देशक दीपाश्री निरौला चौतर्फि आलोचनाको शिकार भएर डिप्रेसनमै जाने अवस्था भएपछि दीपाश्रीलाई सात्वना दिने कलाकारहरु बढ्दै गएका छन् ।

नेपाली चलचित्र क्षेत्रमा क्रियाशिल नयाँ तथा पुराना कलाकारहरुले राजेश हमालको ‘महानायक’ उपाधि प्रति दीपाश्रीले प्रश्न उठाएर गलत गरेको भएपनि उनले माफि नै मागिसकेको अवस्थामा सामाजिक सञ्जालमा अपाच्य तवरले गाली गलौज गर्नुपनि नहुने तर्क गरेका छन् ।

यसैक्रममा हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले पनि दीपाश्रीले गर्न नहुने गल्ती गरेको र त्यसको माफी समेत मागि सकेकाले अब गाली गर्न नहुने बताएका छन् । छक्कापञ्जाको टीमसँगै काम गर्दै आएका केदारले दीपाश्रीले राजेश हमाललाई दर्शकले दिएको ‘महानायक’ को उपाधिमा प्रश्न उठाउनै नहुने थियो भनेका छन् । ‘हो, दिदीको गल्ति थियो, माफि पनि मागी सक्नुभयो । म पनि महानायक राजेश दादासँग ब्यक्तिगत रुपमा माफि माग्दछु ।’ उनले भनेका छन् ।

केदारले दीपाश्रीलाई सामाजिक सञ्जालमा गरिएको गालीगलौज बढी नै भइरहेको तर्क गरेका छन्–‘कुन गल्तिको सजायँ कति भन्ने पनि त होलानि–‘छिमेकीको बच्चाले साग बारी कुल्चेछ, खुट्टा भाँचेर पठाई दिने त ?’ केदारले प्रश्न गरेका छन् । उनले कलाकार दीपाश्रीको पेटमा पाप नभएको तर्क गर्दै बोल्दाबोल्दै जिब्रो चिप्लेको जिकिर गरेका छन् । ‘दीपा दिदिको पेटमा पाप छैन तर जिब्रो चिप्लेको चाँहि पक्कै हो । अघिपछी राजेश दादाको बारेमा सकारात्मक कुरा गर्ने मान्छे, त्यो दिन दिदीको ठुलै दशा रैछ ।’

उनले दीपाश्रीलाई मनको दयालु भएको मान्छे भनेका छन् । दीपाश्रीले बर्षेनी १५ जना गरीब बच्चाहरुको स्कुल फि तिरी दिने गरेको तथा कोही कलाकार प्राबिधिकको दुखः देख्न नसक्ने समेत बताएका छन् । ‘भलै बैगुण पनि होलान् । गल्ति मान्छेबाटै हुने हो, सच्चिएर अगाडी बढ्ने मौका दिनुहोस् ।’ केदारले भनेका छन् ।

उनले नेगेटिभ कमेन्टले आफु पनि विगतमा झण्डै दोस्रो पटक डिप्रेसनमा गएको स्मरण गर्दै आलोचना गर्नै परेपनि सभ्य तरिकाले गर्न अनुरोध गरेका छन् । ‘केहि गल्ती नहुँदा पनि ‘छ माया छपक्कै’ को ट्रेलर रिलिज हुककदा सुरुमै करिब १२०० नेगेटिभ कमेन्ट आए, ‘यिनीहरुको फिल्म् फ्लप भैहालोस्, जोकरहरुको फिल्म कस्ले हेर्छ र ? आदी इत्यादि । (यहि कारणले म झण्डै दोश्रो पटक डिप्रेशनमा गएको थिएँ । बर्षभरी मेहनत गरेर बनाएको फिल्म फ्लप हुँदा कुन तत्वलाई फाईदा पुग्दोरैछ ? मैले अहिले सम्म बुझ्न सकेको छैन ।’ फेसवुकमा लेखेका छन् ।

उनले अहिले ‘छक्कापञ्जा टिमबाट माग्ने निकालौं’ भन्ने कुरा पनि आएको बताउँदै टिममा सबै लेखक निर्देशक भएको र आफै आफैं छुट्टै चलचित्र पनि बनाउन सक्ने तर्क गर्दै छुट्टा छुट्टै चलचित्र बनाउँदा कमजोर नबनोस्, हलमा आएका दर्शक निरास भएर नफर्किउन् भनेर एक आपसमा मिलेर काम गरेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *