‘मुलुक बाढीपहिराको उच्च जोखिममा रहेका बेला एकता कमजोर नहोस्’

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताए ।

‘मुलुक बाढीपहिराको उच्च जोखिममा छ । यस्तो बेलामा पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस् । पार्टी एकतालाई कमजोर पार्ने काम कहीँ कतैबाट भयो भने त्यो जनताको पक्षको काम भन्ने ठहरिँदैन’, उनले भने, ‘यसमा पनि तपाईंहरुको पहल भइरहेको छ । त्यसका लागि धन्यवाद ।’ आगामी दिनमा अझै दृढताका साथ एकताबद्ध भएर अगाडि बढ्न प्रचण्डको आग्रह थियो ।

सतर्कता अपनाउन र उच्च मनोबलका साथ एकताबद्ध भएर कोभिड–१९ का विरुद्ध लड्न उनले सुझाव दिए । रोगविरुद्ध सबै राजनीतिक शक्ति, नागरिक समाज, पत्रकार सबै एकताबद्ध हुनुपर्ने पूर्वप्रधानमन्त्री दाहालको भनाइ थियो । उनले जिल्लामा राप्ती, नारायणी र रिउ नदीमा तटबन्धसहितको चक्रपथ निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनेर अर्थ मन्त्रालयमा बजेटका लागि पेस भएको जानकारी पनि दिए। रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *