संखुवासभा पहिरो अपडेट : बेपत्ता ११ जनाको पहिचान खुल्यो

काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिकामा गएको पहिरोमा परी बेपत्ता हुने ११ जनाको पहिचान खुलेको छ ।

बेपत्ता हुनेहरुमा राममान राई,  हस्तीकुमारी राई, एन्जिला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई, उत्तरकुमारी राई, राजमाया राई, हर्कधन राई र आइतमाया राई रहेको गाउँपालिकाका नेकपा अध्यक्ष हस्तमान राईले बताए ।

पहिरोमा परी चार जना घाइते भएको र घाइतेहरुको उद्धारका लागि उद्धार टोली घटनास्थलमा पुगिसकेको सोही जिल्लाका प्रजिअ जीवन प्रसाद आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *