एट्लेटिकोको जितमा कोस्टा ‘नायक’

काठमाडौं ।भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर)बाट दुई गोलले मान्यता नपाएपनि एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा रियल बेटिसमाथि १–० को जित निकालेको छ ।

१० खेलाडीमा समेटिएपनि डिएगो कोस्टाको निर्णायक गोलका कारण एट्लेटिकोले आफूलाई जितमा देख्न पायो । ७४औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । यान्निक कारास्कोको फ्रिकिकलाई कोस्टाले १० यार्डबाट हेडमार्फत् गोलमा परिणत गर्न सफल रहे ।

इन्ज्युरी समयमा एट्लेटिकोका गोलरक्षक जान ओब्लाकले गुइडो रोड्रिग्वेजको प्रहारलाई उत्कृष्ट बचाउ गरेपछि एट्लेटिकोले १–० को जित दर्ता गर्न सफल भयो ।

जितसँगै तेस्रो स्थानमा रहेको एट्लेटिकोले ३६ खेलबाट ६६ अंक जोडेको छ । पराजित रियल बेटिस ४१ अंक जोडेर १३औं स्थानमा छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *