कोरोना संक्रमणबाट कुन प्रदेशमा कति जनाको मृत्यु भयो ?
काठमाडौं । कोभिड–१९ संक्रमणबाट अहिलेसम्म ३८ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुसार कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या सबैभन्दा बढी प्रदेश ५ मा छ ।
५ नम्बर प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार दोस्रोमा बागमती प्रदेशमा ९ जनाले ज्यान गुमाएका छन् । यता सुदुरपश्चिम प्रदेशमा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु हुँदा गण्डकी प्रदेशमा ५ जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश र प्रदेश २ मा अहिलेसम्म समान ४/४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म प्रदेश १ मा एक जनाको पनि मृत्यु नभएको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
आजमात्रै प्रदेश १ मा ४ जना, २ नं. प्रदेशमा २० जना, बागमती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा १५ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको छ । ५ नं. प्रदेशमा २ जना, कर्णाली प्रदेशमा २१ जना तथा सुदुरपश्चिम प्रदेशमा ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशभर आज ८२ जना थपिएका छन् ।