मोरङमा बस्तीमा पस्याे खाेलाकाे बाढी, ३७ घर-परिवार विस्थापित

  • सुजाता लिम्बु

विराटनगर । गएरातीदेखि परेको अबिरल वर्षाका कारण विराटनगर– १२ बखरीका ३० घरपरिवार विस्थापित भएका छन् ।
केसेलिया खोलामा आएको बाढी बस्तीमा पसेपछि आइतबार बिहान बखरीका समराही बस्तीका ३० घरपरिवार विस्थापित भएका हुन् ।

बाढी र डुबानका कारण विस्थापित भएका सिमराई बस्तीका ३० घर परिवारका करिब १ सय ५० जनालाई उद्धार गरि विराटनगर १२ बखरी स्कूलमा सुरक्षित राखिएको वडा नम्बर १२ का वडाध्यक्ष हिरालाल कामतले जनकारी दिए ।

त्यस्तै गएराती नै चिसाङ खोलामा आएको बाढिले कानेपोखरी चिसाङ बस्तीका सात परिवार विस्थापित भएका छन् ।
कानेपोखरी ५ दुखिटोलका ७ परिवारका ३२ जना विस्थापित भएकाे जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

प्रवक्ता डिएसपी राईका अनुसार उर्लाबारी ३ मंगलबारेमा १४ कृषकको चार विगाह खेतीयाेग्य जमीन कटान गरिएको छ । खोला छेउमा रहेका बस्तीका बासिन्दालाई प्रहरीले सर्तक रहन आग्रह गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *