‘दिपा दिदीले अपराधै गर्नु भएछ, अब छुट्ने बेला भएन ?’

काठमाडाैं । महानायक राजेश हमाललाई ‘महानायक हो र ?’ भन्दै प्रश्न उठाएकी कलाकार तथा निर्देशक दीपाश्री निरौला अहिले चौतर्फि आलोचनाको शिकार भएकी छिन् ।

डिप्रेशनमै जाने अवस्था सिर्जना भएपछि उनलाई थुप्रै कलाकारहरुले सात्वना दिन थालेका छन् । यस्तैमा हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले पनि सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै दर्शकसँग माफी मागेका छन् ।

‘सबैभन्दा पहिले हामी विगत लामो समयदेखि सँगै काम गरिरहेकाले दिपा दिदीले बोलेका कुराको मैले पनि जिम्मेवारी लिनुपर्छ । त्यसैले म आदर्णिय महानायक राजेश हमाल दाईसँग माफि चाहन्छु, साथै राजेश दादाका सम्पुर्ण सुभचिन्तक दर्शकज्युहरु प्रति पनि क्षमा चाहन्छु’, उनले लेखेका छन् ।

उनले प्रविधिको उच्चतम प्रयोग गरि गाली गर्ने, सल्लाह दिने, सजग गराउने, सम्पुर्ण दर्शकहरुप्रति सम्मान पनि व्यक्त गरेका छन् । उनी भन्छन्– ‘यहि बिषयलाई लिएर हामीलाई सजग गराउने, हामीले बाटो बिरायाैकी भनेर सम्झाउने आदर्णिय सिनीयर कलाकारहरु, दर्शकज्युहरु प्रति दुई हात जोडि नमन गर्न चाहन्छु ।’

दिपाले स्वयम् गल्ती स्वीकार गरेको अवस्थामा उनलाई माफी दिनुपर्ने जितुको भनाइ छ । ‘दिपा दिदीले बोल्दा गल्ती भएको हो भन्ने अभिव्यक्ति दिइसक्नु भएको छ । माफि पनि मागिसक्नु भयो । त्यसैले अब उहाँलाई राम्रो काम गर्न उत्साह दिऊँ,सरसल्लाह दिऊँ, हौसला दिऊँ’, जितुले लेखेका छन् ।

जितुले आफूहरुले दर्शकहरुलाई भगवान मानेपछि दर्शकहरुले पनि भक्त सम्झेर क्षमा दिनुपर्ने तर्क गरेका छन् । उनले भनेका छन्, ‘दिपा दिदीले अपराधै गर्नु भएछ, अब छुट्ने बेला भएन ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *