नेता रावलको प्रश्न : ‘यो अयोध्या र रामको विषयमा बहस गर्ने बेला हो ?’
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिमका नेता भीम रावलले यो बेला अयोध्या र रामका बारेमा बहस गर्न बेला नभएको टिप्पणी गरेका छन् ।
मंगलबार (आज) आफ्नो अधिकारिक ट्वीटर् ह्याण्डलबाट ट्वीट् गर्दै नेता रावलले अतिक्रमित भूमि, सीमाका डुबान तथा कालापानी क्षेत्रबाट फौज हटाउनुपर्ने विषयमा बहस गर्ने बेलामा यस्तो विषय उठाउनुको औचित्य नभएको टिप्पणी गरेका हुन् ।
यस्तै उनले विषयान्तर किन भनेर प्रश्न पनि गरेका छन् । “यो बेला सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो ?’ रावलको प्रश्न छ, ‘विषयान्तर किन ? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो ?