६४ हजार शब्दसहितको ‘बृहत् नेपाली शब्दकोश’ मोबाइल एप्स सार्वजनिक

काठमाडौँ । बृहत् नेपाली शब्दकोशको मोबाइल एप्स सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा निर्माण गरिएको वृहत् नेपाली शब्दकोश मोबाइल एप्स प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।

६४ हजार नेपाली शब्दहरू रहको अर्थसहितको मोबाइल एप्स अब मोबाइलबाटै हेर्न सकिने छ । उक्त मोबाइलएप्सलाई मोबाइलमा डाउनलोड गरेर आफूले हेर्न चाहेको शब्दको अर्थ सजिलै हेर्न सकिनेछ ।

यस्तै, प्रज्ञा प्रतिष्ठानले आजै प्रधानमन्त्री समक्ष वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *