चौरजहारी घटना : सभामुखलाई बुझाइयो प्रतिवेदन, घटना सुनियोजित भएको निष्कर्ष

काठमाडौँ । चौरजहारी घटनाको प्रतिवेदन संसदीय समितिले सभामुख अग्नि प्रसाद सापकोटालाई बुझाएको छ । रुकुम पश्चिम चौरजहारीमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी घटेको घटना छानबिन गर्न गठित समितिले एक महिनापछि प्रतिवेदन सभामुखलाई बुझाएका हुन् ।

घटनाको छानबिन गर्न देवेन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । समिति सदस्य मीनबहादुर विश्वकर्माले नवराज बिक र सुस्मा मल्लबिचको प्रेम सम्बन्ध अन्तरजातीय भएकाले घटनाको मुख्य जरिया जातीय भेदभाव र छुवाछुत भएको प्रतिवेदनमा उल्लेख रहेको बताए। उक्त अध्ययन प्रतिवेदनले घटना सुनियोजित भएको निष्कर्ष निकालेको छ।

अध्ययनका क्रममा जेलमा सुस्मा मल्लको परिवारसँग समेत समितिले कुराकानी गरेको बताइएको छ। नवराज बिक र सुस्माबीचको प्रेम सम्बन्ध अभिभावकले अस्वीकार गरेपछि सामूहिक र जघन्य हत्यामा परिणत हुन पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

घटना सुस्माको आमाको आव्हानमा वडाध्यक्ष डम्बर मल्लको नेतृत्वमा भएको समिति प्रतिवेदनमा उल्लेख गरिएको समिति सदस्य मीनबहादुर विश्वकर्माले बताए । सुस्मा मल्लकी आमाको आव्हानमा र वडा अध्यक्ष डम्बर मल्लको नेतृत्वमा योजनाबद्ध रूपमा घटना घटेको पाइएको उनले बताए । यस्तै उनले घटनामा राजनीतिकरण भएको स्थानीयको गुनासो पनि प्रतिवेदनमा समेटिएको बताएका छन्।

२०७७ साल जेठ १० गते जाजरकोटबाट प्रेमिका भगाउन रुकुम पश्चिम पुगेका नवराज विकसहित ६ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *