गण्डकी प्रदेशमा थप २५ जनामा कारोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २२८ पुगेको छ ।

आज पूर्वी नवलपरासीमा ११, म्याग्दीमा ९, तनहुँमा ३ तथा गोरखा र कास्कीमा १/१ जना कोरोना संक्रमित फेला परेसँगै संक्रमित संख्या २२८  पुगेको हो ।

पूर्वीनवलपरासीको बुलिङटार गाउँपालिकामा एक महिला र ८ पुरुष, कावासोती नगरपालिकाका दुई पुरुष, म्याग्दीकाे बेनीका ३, मालिकाका ४, रघुगंगाका १ र मंगलाका १ जना, तनहुँको भिमादका २ र आँबुखैरीनीका १ जना, गोरखाको गोरखा नगरपालिका र कास्कीको पोखरा उपमहानगरपालिकामा एक/एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पुष्टि गरेअनुसार देशभर काेराेना संक्रमितकाे संख्या १७ हजार ६१ रहेकाे छ । संक्रमितमध्ये १० हजार ३२८ जना उपचारपछि निकाे भइसकेका छन् भने हालसम्म ३८ जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *