प्राइम भिजन इन्स्टिच्युटमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गरिँदै

सुनसरी । धरान–१० स्थित रहेको प्राइम भिजन इन्स्टिच्युट अफ होटल मेनेजमेन्ट एवम् प्रभात माविले साउन १ गतेदेखि निः शुल्क अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । जारी लकडाउनका कारण एसईई परीक्षामा सहभागी हुन नपाई पास भएका विद्यार्थीहरुलाई लक्षित गरी निः शुल्क अनलाइन कक्षा सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलन गरी कलेजका संयाेजक अनिल श्रेष्ठले जानकारी दिए ।

पत्रकार सम्मेलनमा इन्टिच्युटका प्रधानाध्यापक समिर मास्केले विगत ३, ४ महिनादेखि विद्यार्थीहरु स्कुल तथा कलेज जान नपाएपछि अभिभावकहरु चिन्तित रहेका कारण पढ्ने बानी नछुटोस् भनेर कक्षा ११ को निःशुल्क अनलाइन कक्षा शुरु गर्न लागिएकाे जानकारी दिए ।

अनलाइन कक्षाका लागि इन्टिच्युटले प्राविधिक रुपमा सबै तयारी समेत भइसकेकाे जानकारी दिइएकाे छ । इन्टिच्युटको फेसबुक पेजबाट दैनिक ११ बजेदेखि १२ बजेसम्म अनलाइन कक्षा सञ्चालन हुने मास्केले बताए । इन्टिच्युटले आइतबारदेखि शुक्रबारसम्म कर्मस र होटल मेनेजमेन्टको मात्र तत्काल अनलाइन कक्षा शुरु गर्ने उनकाे भनाइ छ ।

‘फेसबुकबाट लाइभ गर्छाैँ र पछि युट्युबमा पनि राख्छौँ । अन्य एप्स भन्दा फेसबुक सबैले चलाउँछन् र सहज पहुँच पनि हुने भएकाले हामीलाई पनि पढाउन सजिलो हुन्छ । कक्षामा बसेर पढेजस्तै वातावरण बनाउँछाैँ’,  उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *