चिलीमा कुकुरहरुलाई दिइँदैछ कोरोना संक्रमण सुँघ्ने प्रशिक्षण

काठमाडौं । चिलीमा कुकुरहरुलाई कोरोना भाइरस (कोभिड १९) संक्रमित बिरामी पत्ता लगाउने प्रशिक्षण दिने काम भइरहेको त्यहाँका प्रहरीहरुले बताएका छन् । प्राप्त जानकारी अनुसार लेब्राडोर र तीन गोल्डेन रिट्रीवर्सलाई यो ट्रेनिङ दिइँदैछ । ती कुकुरहरु ड्रग्स, विस्फोटक पदार्थ र हराएको मान्छे फेला पार्न प्रयोग गरिन्थ्यो ।

पशु चिकित्सा महामारी विज्ञानका प्रोफेसर फर्नांडो मर्दोनासको योजनामा यो काम भइरहेको हो । उनले समाचार एजेन्सी एएफपी न्युजसँग भनेका छन्, ‘कोरोना भाइरसको कुनै गन्ध हुँदैन तर मेटाबोलिक परिवर्तनका कारण मानिसहरुको पसिनाको गन्ध फरक फरक आउँछ । कुकुरलाई यसैको परीक्षण दिइँदैछ ताकि अगष्टसम्म रेलवे स्टेशन र एयरपोर्टमा जाँच गर्न सकियोस् ।’

यसअघि ब्रिटेनस्थित संस्थामा मेडिकल डिटेक्सन कुकुरहरुले यो काम यसअघि, मेडिकल डिटेक्शन डग्सको युकेस्थित संस्थाले यस्तै प्रयोग सुरू गरिसकेको छ । यो संस्थाले छ कुकुरलाई प्रशिक्षण दिँदैछ । संस्थाका सह–संस्थापक र प्रमुख कार्यकारी क्लेयर गेस्ट भन्छिन् कि कुकुरहरूले कोरोनाको गन्ध लिन सक्छन् भन्ने सक्षमता देखाउन थालिसकेका छन् ।

उनले ती कुकुराहरूलाई मलेरिया, क्यान्सर र पार्किन्सन रोग पत्ता लगाउन प्रशिक्षण पनि दिइसकेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *