आजबाट अन्य बैंकको एटिएमबाट पैसा निकाल्दा पैसा लाग्छ है !
काठमाडौं । कोरोना महामारीका बेला जुनसुकै एटिएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने व्यवस्था गरिएकोमा आजबाट उक्त सिष्टम रद्द गरीएको छ । आजबाट तपाईले एउटा बैंकको एटिएमबाट अर्को बैंकको एटिएममा पैसा निकाल्दा थप शुल्क काटिनेछ ।
अब शुल्क लिने नलिने थप निर्णय सम्बन्धीत बैंकहरुले नै गर्न पाउने छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन एटीएम कार्ड जुनसुकै बैंकको एटिममा प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।
तर, अब लकडाउन खुकुलो भएको र आवतजावत पनि सहज भएकाले बिहीबारदेखि शुल्कबारे बैंकले नै निर्णय गर्न सक्ने तीन वटै संस्थाले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।
इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ । ग्राहकको भिड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै लकडाउनपछि बैंकहरुले अन्तर बैंक एटीएम सेवा लिँदा शुल्क लिएका थिएनन् ।