लिभरपुल आर्सनलसँग २–१ ले स्तब्ध

एजेन्सी । लन्डन क्लब आर्सनलले यो सिजनको लिग च्याम्पियन बनिसकेको लिभरपुललाई पराजित गरेको छ । घरेलु मैदानमा आर्सनलले लिभरपुलमाथि २–१ को पूनरागमन जित हात पारेको हो ।

इमिरेट्स स्टेडियममा आर्सनलको जितमा एलेक्सान्द्रे लाकाजेट्टी र रिइस नेल्सनले गोल गरे । लिभरपुलका साडियो मानले गरेको गोल सान्तवना बन्यो । सबै तीन गोल पहिलो हाफमा सम्भव बन्यो । खेलको २०औं मिनेटमा एन्ड्रिउ रोवर्टसनको पासमा साडियो मानेले गोल गर्दै लिभरपुलाई शुरुवाती अग्रता दिलाएका थिए ।

३२औं मिनेटमा लाकाजेट्टीले बराबरी गोल फर्काए । लिभरपुलका रक्षक भर्जिल भान डाइकको ब्याक पासलाई लाकाजेट्टीले नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए । ४४औं मिनेटमा लाकाजेट्टीको पासमा नेल्सनले गोल गरेपछि आर्सनलले खेलमा २–१ को अग्रता बनायो ।

दोस्रो हाफमा घरेलु टोलीलाई लगातार दवावमा राखेपनि लिभरपुलले आर्सनलको बलियो रक्षापङ्ति तोड्न नसक्दा लिगमा तेस्रो हार बेहोर्न बाध्य बन्यो । आर्सनलले भने अग्रता जोगाउदै महत्वपुर्ण तीन अक लिन सफल भयो ।

जितसँगै आर्सनल ३६ खेलबाट ५३ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । आर्सनलसँगको हारपछि लिभरपुलको कीर्तिमानी १०० अंक पुर्याउने लक्ष्यमा धक्का लागेको छ । अब बाँकी रहेको दुई खेलमा जित हात पारेपनि लिभरपुलको १०० अंक पुग्ने छैन । लिभरपुलको ३६ खेलबाट ९३ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *