एक दशक नेपाल लाइफ इन्स्योरेन्स हाँकेका सिइओले आजबाट विदा लिँदै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा करिब एक दशकको सेवा अवधि सम्पन्न गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झा आजबाट विदा लिँदैछन् ।

उनले सञ्चालक समितिसँग भएको सम्झौता बमोजिमको प्रथम कार्यकाल सफलता पूर्वक पुरा गरी साउन १ गतेबाट नेपाल लाइफबाट विदा लिएका हुन् ।

नेपाल लाइफको २० वर्षे यात्रामा करिब एक दशक नेतृत्व गरेका झाको कार्यकाल सबै सुचकाङ्कमा उत्कृष्ट बन्दै जीवन बीमाको क्षेत्रमा करिब एक तिहाइ बजार हिस्सा कायम राख्न सफल भएको कम्पनीको दावि छ ।

विवेक झा, प्रमुख कार्यकारी अधिकृत, नेपाल लाइफ इन्स्याेरेन्स

सदैव आफ्ना सहकर्मी कर्मचारीहरुलाई मूल शक्ति मान्ने र अभिकर्ताहरुलाई प्रगतिको साझेदारको रुपमा सम्मान गर्ने झाले अभिकर्ताहरुको लगनशीलता, बीमितहरुको विश्वास, कर्मचारीहरुको साथ, शेयर धनीहरुको अटुट विश्वास, सञ्चालक समितिको मार्गनिर्देशन र नियमनकारी निकाय बीमा समितिको सहयोगले नै कम्पनीले यो उचाइ कायम गर्न सकेको बताए ।

हालसम्म करिब २६ प्रतिशत नागरिकको पहुँच रहेको बीमा क्षेत्रले देशैभरीका कुना–कन्दरासम्म बीमाको सहज पहुँच पु¥याउन नेपाल लाइफले अझै विश्वासिलो ढंगले उत्कृष्ट सेवा निरन्तर पस्किदै जाने उनले विश्वास व्यक्त गरे ।

जसका लागि आवश्यकता अनुसार आफ्नाे तर्फबाट सदैव योगदान गर्न तत्पर रहेको पनि बताए । सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघईले सिइओ झाको सफल कार्यकालको उच्च मूल्याङ्कन गर्दै धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *