यात्रुलाई सहज बन्दै उपत्यका, आजबाट साझा यातायात पनि सञ्चालनमा

काठमाडौं । विस्तरै काठमाडौं उपत्यकामा सावर्जनिक यातायात सञ्चालन हुन थालेका छन् । सरकारी लगानीको साझा यातायातले बिहीबारबाट बस सेवा शुरु गर्ने भएको छ । साझाले २६ वटा बसमार्फत् काठमाडौंका विभिन्न रुटमा सेवा शुरु गर्न लागिएको हो ।

उपत्यकामा मयुर, महासागर, सयुत, ट्रम्पोे र निलो माइक्रो बस सञ्चालन भहिरहेका छन् । सडकमा केही सावर्जनिक सवारी साधनहरु सञ्चालन सुरु गरिसकेका छन् ।

साझाले पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न लागिएको साझाले जानकारी दिएको छ । साझाले कर्मचारी र यात्रुको सुरक्षाप्रति सर्तक हुने गरी बस सञ्चालन गर्न लागिएको हो ।

यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, सेनेटाइजरको प्रयोग गर्ने र सामाजिक दुूरी कायम गर्नेसँगै खुद्रा पैसा बोकेर मात्रै बसमा यात्रा गर्नुपर्छ । पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा शुरु गर्न लागिएको साझाले जनाएको छ । पहिले थोरै बसबाट शुरु गरिएमा आवश्यकतानुसार थप गर्दै जाने छ । सरकारले तोकेअनुसार नै बसले भाडा लिनेछ ।

मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेपछि केही यातायात कम्पनीले यातायात सञ्चालन गरेका छन । भने केही यातायात कम्पनीले राहातको माग गरिरहेका छन ।

विसं २०१९ सालबाट बस सेवा शुरु गरेको संस्थाले विगतमा सबैभन्दा लोकप्रिय सवारी साधन मानिन्थ्यो । विभिन्न समस्याका कारण विसं २०६४ मा अवरुद्ध सेवा विसं २०७० मा पुनः स्थापित भएको हो । काठमाडौं उपत्यकामा १० रुट रहेकोमा साझाको उपत्यका बाहिर पनि सेवा विस्तार गरेको छ । संस्थाले काठमाडौँ उपत्यकामा अपाङ्तामैत्री सेमी लो फ्लोर बस सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *