नेपाल लाइफ इन्स्योरेन्सको कार्यवाहक सिइओमा सन्तोष प्रसाई

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको कम्पनीले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाएको नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ ।

प्रसाईलाई असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले कार्यवाहक सिइओको जिम्मेवारी दिएको हो । प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन् ।

यसअघि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *