‘प्रधानमन्त्रीका गैरजिम्मेवार अभिव्यक्तिहरूले कुटनीतिक सम्बन्धहरू बिग्रँदै गए’

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवार अभिव्यक्तिहरुले कुटनीतिक सम्बन्ध बिग्रँदै गएको नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बताएका छन्।

आज बिराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस नेता डा. कोइरालाले आजकल प्रधानमन्त्री आफैंलाई के के बोलेको हो थाहा नहुने समेत बताए । ‘बोल्दा-बोल्दा केही दिन पहिले अयोध्या नेपालमा पर्छ भनेर बोलिदिनु भयो तर यो कुराको आधार र प्रमाण दिन सक्नुभएन।’ डा. कोइरालाले भने ।

उनले जिम्मेवार व्यक्तिले बोल्दा बिचार गर्नुपर्ने,आधारहीन र तथ्यहिन कुरा गर्न नहुने बताए। ‘प्रधानमन्त्रीले जति सक्यो कम बोल्ने हो जे मन लाग्छ बोल्दै हिड्ने होइन ।’ कोइरालाले भने। ओलीको पछिल्लो अभिव्यक्तिले भारत र नेपाली जनताबीचको आपसी सम्बन्ध बिगार्ने काम गरेको समेत बताए।

मोरङ कांग्रेस सभापति डिग बहादुर लिम्बु र प्रदेश सभा सदस्य केदार कार्कीले सरकार काममा भन्दा भ्रष्टाचारमा लागेको बताए। कार्यक्रममा तत्कालीन एमालेको जिफन्टमा आबद्ध १ सय ५० जना कांग्रेसमा प्रवेश गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *