थप १६७ जनामा काेराेना संक्रमण पुष्टि, २१३ जना डिस्चार्ज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (बिहीबार) को प्रेस ब्रिफिङका क्रममा यसबारे पुष्टि गरेका हुन् । थप १६७ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।

डा. गौतमका अनुसार संक्रमितमध्ये ६ हजार ५६ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमित डिस्चार्ज भएको पनि डा. गौतमले जानकारी दिए । योसँगै डिस्चार्ज हुनेको संख्या ११ हजार २४९ पुगेको छ ।

आज थपिएका संक्रमितध्ये काठमाडाैंका एक जना रहेका छन् । अन्य संक्रमितहरू बारा, पर्सा, रौतहट, मकवानपुर, बागलुङ, स्याङजा, रुपन्देही, प्युठान, बाँके, सुर्खेत, बर्दिया, दाङ, दैलेख, रुकुमपश्चिम, सल्यान, जाजरकोट, मुगु, डडेल्धुरा, अछाम, कैलाली, कञ्चनपुर लगायत जिल्लाहरूका रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *