‘मायालु तिमी कता छौ २’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । ‘मायालु तिमी कता छौ’को अपार सफलता पछि ‘मायालु तिमी कता छौ २’ सार्वजनिक भएको छ । नायक पल शाह र नायिका स्वस्तिमा खड्काको उत्कृष्ट अभिनय रहेको उक्त म्युजिक भिडियो मज्जाको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो मायालु तिमी कता छौ १ मा सरोज अधिकारी र आश्मा विश्वकर्माले अभिनय गरेका थिए भने ‘२’मा नायक पल शाह र नायिका स्वस्तिमा खड्काको उत्कृष्ट अभिनय र नृत्य देख्न सकिन्छ ।

बालकलाकार एन्जिल राई र अरबिन खड्कालाई पनि गीतमा फिचर गरिएको छ । दिनेश थपलियाको शब्द र राजनराज शिवाकोटीको सङ्गीत रहेको उक्त गीतमा स्मिति दाहाल र राजनराज शिवाकोटीको स्वर रहेको छ ।

गीतलाई अर्जुन जिसिले सम्पादन गरेका छन् भने सरोज ओलीले निर्देशन गरेका हुन् । ‘मायालु तिमी कता छौ’मा सरोज र आश्माको जोडी रुचाएका दर्शकले पल र स्वस्तिमाको जोडीलाई कतिको मन पराउँछन् त्यो भने हेर्न बाँकी नै छ ।

दर्शकहरूले ‘मायालु तिमी कता छौ’लाई हालसम्म २ करोड भन्दा धेरै पटक हेरिसकेका छन् ।

भिडियो हेर्नुसः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *