माछापुच्छ्रे बैङ्कको ब्रान्ड एम्बास्डरमा अभिनेत्री स्वेता खड्का

काठमाडौँ । अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई माछापुच्छ्रे बैङ्कले एम्बास्डरमा नियुक्त गरेको छ ।

लाजिम्पाटमा आयोजित कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अभिनेत्री खड्काले सझौतापत्रमा हस्ताक्षर गरेका हुन् । बैङ्कले देशभरका १५९ वटा शाखा मार्फत अत्याधुनिक बैङ्किङ सेवा प्रवाह गर्दै आइरहेको छ ।

अभिनेत्री, समाजसेवी, युवा व्यवसायी एवं अन्य थुपै क्षेत्रमा राम्रो छवि बनाउन सफल खड्काको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैङ्कको पहुँच पुग्ने विश्वास बैङ्कले लिएको छ ।

नायिका खड्काले २० वर्ष लामो इतिहास बोकेको बैङ्कसँग ब्रान्ड एम्बासडरको रूपमा आबद्ध हुन पाउँदा खुसी लागेको बताइन् । आगामी दिनमा बैङ्कलाई थप उचाइमा पुर्‍याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *