रामकुमारी झाँक्रीको आक्रोश: केही गर्न नसक्ने भए किन चाहियो विज्ञ अर्थमन्त्रीे ?

काठमाडौं । संसदको अर्थ समितिमा उठेका प्रश्नको जवाफ दिन आएका अर्थमन्त्री डा युवराज खतिवडालाई सांसद रामकुमारी झाँक्रीले केही नगरेको भनेर आक्रोश पोखेकी छन् । झाँक्रीले अब आउने चुनावमा के आधार बोकेर जनताको सामु जाने भनेर अर्थमन्त्रीसँग जवाफ मागेकि छिन् ।

सरकार बनेर ३ वटा बजेट ल्याइसक्दा पनि दुई तिहाइको सरकारले अपेक्षित उपलब्धि जनतामा नपुगेको भन्दै उनले अर्थमन्त्रीका कारण जनतामा जान गाह्रो भएको भनाइ राखिन् । यदि अर्थतन्त्र सामन्य भएको भए किन विज्ञ अर्थमन्त्री चाहियो ।

सरकारले ३ वटा बजेट ल्याउँदा पनि जनतामा कुनै उपलब्धि पुगेको छैन । झाँक्रीले भनिन्, ‘२ वर्षपछि चुनावमा जाँदा जनता अगाडि उभिन गाह्रो हुन्छ, बजेट कार्यान्वयनका असफलतालाई कोरोनाको कारण देखाएर छोप्ने अवसरका रूपमा लिन नहुने बताइन् ।

अर्थमन्त्रीले अर्कोपटक आउँदा बजेटले जनतामा कति सुविधा दियो। सामान्य सूचना लिएर आएर यहाँ काम छैन । सांसदसँगको प्रश्नमा अर्थमन्त्री अर्थमन्त्री युवराज खतिवडाले बजेट कार्यान्वयन सन्तोषजनक अवस्थामा रहेको दाबी गरेका थिए । गत वर्षको पूर्वाधार विकासको १६ अर्ब बचत छ । यो रकम पूर्वाधारका योजनामा यही साउनबाट नै भुक्तानी दिन सकिने अर्थमन्त्रीले बताए । अहिले बैंकिङ प्रणालीमा २ खर्ब लगानी योग्य तरलता रहेको बताउँदै अर्थमन्त्री खतिवडाले गत वर्षमा चालु खातासमेत प्लसमा रहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *