‘नो अब्जेक्सन पत्र’ अब अनलाइनबाटै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिँदै आएको नो अब्जेक्सन लेटर अबदेखि अनलाइनबाटै गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले वैदेशिक अध्ययन अनुमति पत्रको अनलाइन प्रणाली औपचारिक सुरुवात गरेका छन् ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अबदेखि विदेश अध्यन गर्न जानेहरुले निवेदनको लागि वैदेशिक अध्यन अनुमति शाखा केशरमहल नगइ अनलाइनबाटै दिन सक्ने जानकारी गराएको छ । अनुमतिपत्रको स्विकृति भए नभएको पनि अनलाइनबाटै जानकारी लिन सकिने छ । जानकारी प्राप्त भएपछि निवेदकले तोकिए बमोजिमको बैंकमा राजस्व दाखिला गरेर अनुमतिपत्र लिनको लागि आवेदकको इमेलमार्फत जानकारी गराइने छ । आवेदकले www.moc.moest.gov.np बेवसाइटबाट आवेदन दिन सक्नेछन् ।

उक्त जानकारी पश्चात मात्रै निवेदकले तोकिएको समयमा केशरमहलबाटै संकलन गर्न सकिने मन्त्रालयले विज्ञप्तिमार्फ जानकारी दिएको छ ।

उक्त कार्यले अध्यागमनलाई विदेशमा अध्ययनरत विद्यार्थीहरुको पहिचान गर्न सहज हुने र बैंकहरुलाई पनि नो अब्जेक्सन पत्रको पहिचान गर्न सहज हुने छ ।

विज्ञप्ति :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *