विदेशमा अलपत्र परेका नागरिकको उद्धार अब सरकारी खर्चमा

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा अलपत्र परेका नागरिकहरुलाई अब सरकारी खर्चमा नै उद्धार गर्ने भएको छ ।

यसअघि उनीहरुकै खर्चमा ल्याइँदै गरेकोमा अब भने सरकारी खर्चमा नै अलपत्र परेका नेपालीको विदेशबाट उद्धार गरिने सरकारका प्रवक्ता एवम् अर्थ तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिएका हुन् ।

मन्त्री खतिवडाका अनुसार कोभिड १९ को विश्वव्यापी संक्रमणका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता गर्नेसम्बन्धी निर्देशिका २०७७ मन्त्रिपरिषदबाट पारित भइसकेको छ । यो पारित भएसँगै वैदेशिक रोजगारी प्रवर्द्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने बाटाे खुलेकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *