नबिल बैङ्कको ३६औँ वार्षिकोत्सव अफर – घर कर्जामा ७.९९ प्रतिशत छुट

काठमाडौँ । नबिल बैङ्कले सम्पूर्ण ऋणी ग्राहकहरूका लागि“३६औँ वार्षिकोत्सव योजना” ल्याएको छ । उक्त योजना अन्तर्गत, बैङ्कले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला व्यवसाय कर्जामा विशेष व्याज छुट दिने भएको हो ।

जस अन्तर्गत घर कर्जामा ७.९९ प्रतिशत, धितो कर्जामा ८.४९ प्रतिशत, व्यक्तिगत ओभर ड्राफ्टमा ८.४९ प्रतिशत र साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत छुट दिने योजना रहेको छ ।

बैङ्कले सीमित समयको उक्त विशेष छुट वार्षिकोत्सव योजनाको प्रक्रिया सबै शाखाहरूबाट अगाडी बढाउन सकिने जानकारी दिएको छ । यस योजनाबाट रिटेल र साना तथा मझौला व्यवसायका ग्राहकहरूलाई केही सहायता पुग्ने बैङ्कको विश्वास छ ।

बैङ्कले सन् १९८४ देखि सेवा प्रदान गर्दै आएको छ । हाल बैङ्कका ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेका छन् । नबिल बैङ्कले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको छ ।

साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ । यस बैङ्कले ग्राहकको उच्च सन्तुष्टि एवम् आधुनिक बैंकिङ्ग युगको सुरुवात गर्ने तर्फ केन्द्रित रहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *