अस्पतालमा रहेका अमिताभले भने- म धेरै केही भन्न सक्दिन

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएर उपचारका लागि अस्पतालको आइसोलेसनमा बसेको ६ दिन पुगिसकेको छ । उनकाे स्वास्थ्य अवस्था कस्ताे छ भन्नेबारे धेरैलाई चासाे पनि छ ।

नानावाती अस्पतालको आइसोलेसनमा भर्ना भएका अमिताभले उनकाे स्वास्थ्य सुधारका लागि प्रार्थना गरिरहेका शुभचिन्तक प्रति आभार व्यक्त गरेका छन् । उनले शुभचिन्तकलाई धन्यवाद दिँदै आफ्नो सामाजिक सञ्जालमा ब्लग पोष्ट लेखेका छन् ।

पोष्टमा उनले आफूले धन्यवाद बाहेक अरु केही भन्न असमर्थ रहनुको कारण पनि खुलाएका छन् । अमिताभले लेखेका छन्– ‘मलाई तपाईँको आर्शिवाद, प्रेम र प्रार्थना सबै मिलिरहेको छ । मेरो आभारको कुनै सीमा छैन । अस्पतालको प्रतिबन्धित प्रोटोकलका कारण म धेरै केही भन्न सक्दिन ।’

बिहीबार अमिताभले करिब साढे सात घण्टाको फरकमा दुई पटक भगवान विट्ठलको फोटो सेयर गरे । पहिलो पटक उनले दिउँसो साढे तीन बजेतिर उक्त तस्विर सेयर गर्दै लेखेका थिए– ‘ईश्वरको पाउमा समर्पित ।’ राति १०ः५५ मा पनि उनले सोही तस्विर सेयर गर्दै लेखेका छन्– ‘त्वमेव माता च पिता त्वमेव त्वमेव बन्धुश्च सखा त्वमेव । त्वमेव विद्या द्रविणं त्वमेव त्वमेव सर्वं मम देव देव॥’

हल्के लक्षण दिखने के बाद शनिवार ९ज्ञज्ञ जुलाई० शाम ठठ साल के अमिताभ और उनके द्धद्ध वर्षीय बेटे अभिषेक खुद कार चलाकर नानावटी हॉस्पिटल पहुंचे थे। दोनों ने अपने कोविड पॉजिटिव होने की जानकारी ट्विटर पर साझा की थी।

मंगलबार अन्तिम पटक उनको स्वास्थ्यको बारेमा मिडियामा अपडेट आएको थियो । मंगलबार न्युज एजेन्सी पीटीआईले अस्पताल स्रोतसँगको कुराकानी उल्लेख गर्दै अमिताभ र अभिषेकको स्वास्थ्यमा सुधार आएको र कम्तिमा पनि ७ दिनसम्म उनीहरु अस्पतालमै रहने बताएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *