नेकपा स्थायी कमिटी बैठक सातौं पटक स्थगित, ४ गते बस्ने
मकालु खबर
२०७७ साउन २ गते
काठमाडौं । सत्तारुढ दल नेकपाको ३ बजे बस्ते भनिएको स्थायी कमिटी बैठक ४ श्रावणसम्मको लागि स्थगित भएको छ ।
योभन्दा अगाडि बिहान बस्ने भनिएको बैठक ३ बजेका लागि सारिएको थियो । बैठक ३ बजे पनि नबसी पर्सिसम्मको लागि स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बिहान बस्ने भनिएको बैठकमा सहभागीको लागि अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको बताएपछि दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो ।
स्थायी कमिटी बैठक सरेको यो सातौं पटक हो ।
मकालु खबर
२०७७ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित