‘निश्चल–स्वस्तिमा पासपोर्ट काण्ड’ बारे स्वस्तिमाकाे यस्तो स्पष्टोक्ति

काठमाडौं । हाल अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक तथा ग्लोबल फिल्म अवार्डका आयोजक समेत रहेका श्याम भट्टराईले उठाएको ‘पासपोर्ट काण्ड’ बारे नायिका स्वस्तिमा खड्काले स्पष्टिकरण दिएकी छिन् ।

महानायकविरुद्ध बोलेको भन्दै निर्देशक भट्टराईले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा अर्का निर्देशक निश्चल बस्नेत र उनकी पत्नी स्वस्तिमालाई लक्षित गरी उनीहरुको पासपोर्टका बारेमा कुरा उठाएका थिए । उनले भनेका थिए– ‘अश्लिल शब्दलाई निकालेर फिल्म बनाएर, चलाएर देखाउ अनि बोल तिमी र तिम्रो बुढीको पासपोर्टको कपी पनि मसँग छ । धेरै नबोल।’

यसैबारे स्पष्टिकरण दिँदै निर्देशक भट्टराईको नाम नखुलाइकन नायिका स्वस्तिमाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्– ‘धेरै जनाले पासपोर्ट काण्ड के हो भनेर प्रश्न गरिरहनु भएको छ । मैले कार्यक्रमको लागि भनेर पठाएको पर्सनल डकुमेन्टलाई लिएर यस्तो खालको धम्की आउनु आफैँमा गलत प्रवृत्ति हो, त्यसरी प्रोफेसनल कामको लागी पठाएको पर्सनल इन्फरमेसनको कुराले बिना कारण धम्काउनु आफैमा अन प्रोफेसनल काम हो ।’

स्वस्तिमाको स्टाटसको अर्को जवाफ फर्काएका छन् निर्देशक भट्टराईले । उनले आफू पनि स्वस्तिमाको प्रशंसक रहेको भन्दै स्वस्तिमा र निश्चलको पासपोर्ट अन्य कुनै प्रयोजनका लागि प्रयोग नगरिउको स्पष्ट पारेका छन् । उनले लेखेका छन्– ‘राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ जस्ता नेपाली चलचित्रका महान हस्तीहरूलाई सम्मान गर्न लागिएको अवार्डमा यहाँहरुले पनि उपस्थित हुन हुन ईच्छा देखाएर प्रकृयाको लागी पासपोर्ट कपी मलाई दिनु भएको हो । सो बाहेक अन्य कुनै प्रयोजनको लागी नदिएको र नलिएको जानकारी पनि जानकारी गराउँदछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *