कोरोना संक्रमित अभिनेत्री ऐश्वर्या छोरी आराध्यासँगै भर्ना भइन् अस्पताल

काठमाडौं । बलिवुड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नी छोरी आराध्यासहित अस्पताल भर्ना भएकी छन् ।

असार २८ गते आइतबार कोरोना संक्रमण पुष्टि भएकी ऐश्वर्या र उनकी छोरी आराध्या अहिलेसम्म घरमै आइसोलेसनमै बसिरहेकी थिइन् । तर गएराति उनीहरु मुम्बईस्थित ननावती अस्पताल भर्ना भएको भारतीय समाचार एजेन्सी एएनआइले जानकारी दिएको छ ।

यो अस्पतालमा यसअघि नै अमिताभ बच्चन र अभिषेक बच्चन भर्ना भइसकेका छन् । उनीहरुमा पनि कोरोनाभाइरस संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । परिवारमा जया बच्चनलाई भने रिपोर्ट निगेटिभ देखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *