सुनसरीमा फेरि गोली चल्यो, तस्कर समूहका एक गम्भीर

काठमाडौं । सुनसरीको हरिनगरमा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । गएराती तस्कर समूहले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गर्न खोजेपछि झडप भएको हो ।

अवैध सामान बरामद गर्न खाज्दा प्रहरीमाथी बाँस र ढुंगाले आक्रमण भएपछि प्रहरीले गोली चलाएको थियो । गोली लागि सुनसरी हरिनगराका २० वर्षीय सवाज अन्सारी गम्भीर घाइते भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिए ।

पेटमा गोली लागेर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । तस्करहरुको समूहले हानेको ढुङगा लागेर सशस्त्र प्रहरी जवान जिवराज विशंखे समेत घाइते भएका छन् । सुनसरीमा यो लगातर दोस्रो गोली चलेको घटना हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *