बहिनीलाई बचाउन कुकुरसँग भिडेका ६ वर्षीय बालकलाई वर्ल्ड बक्सिङ काउन्सिलको ‘वर्ल्ड च्यम्पियन’ उपाधि

एजेन्सी । अमेरिकाको व्योमिङ राज्यका ६ वर्षका बालक ब्रिजर वाकरलाई विश्व बक्सिङ काउन्सिलले अनररी ‘वर्ल्ड च्यम्पियन’ को उपाधि दिएको छ ।

बहिनीलाई बचाउन कुकुरसँग भिडेका उनलाई विश्व बक्सिङ काउन्सिलले उपाधि प्रदान गरेको हो । वाकरले कुकुरको हमलाबाट आफ्नी बहिनीलाई बचाउन ज्यानको बाजी दिएका खबर सार्वजनिक भएका छन् ।

उक्त हमलापछि वाकरको अनुहारमा ९० टाँका लगाइएको छ । घटनापछि नै ती बालक सोसल मिडियामा छाएका छन् । वर्ल्ड बक्सिङ काउन्सिलले ट्वीट् गर्दै वाकरको बहादुरीलाई मानेको छ ।

‘मानवताको श्रेष्ठ मूल्यलाई देखाउने ६ वर्षका ब्रिजर वाकरलाई अनररी वर्ल्ड च्याम्पियन घोषणा गर्नु हाम्रो लागि गौरवको कुरा हो । ब्रिजर तिमी हिरो हौ ।’ डब्ल्यूबीसीले आफ्नो बयानमा भनेको छ । उक्त घटना जुलाई ९ को हो ।

जर्मन शेफर्ड जातको एउटा कुकुरले वाकरकी ४ वर्षकी बहिनीमाथि हमला गरेको थियो । तर वाकरले आफ्नो ज्यानको पर्वाह नगरी कुकुरसँग भिडेर बहिनीलाई बचाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *