सचिवालय बैठक शुरु, मिल्ला नेकपा विवाद ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुरु भएको छ ।

बैठक दिउँसो ३ बजेर १० मिनेटबाट प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ वान टू वान वार्तामा जुटेका थिए । गत १० असारबाट जारी रहेको नेकपाको पाँचौ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटक पटक स्थगन हुँदै आएको छ ।

हिजो डाकिएको स्थायी कमिटी बैठक भोलिसम्मको लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *