नेकपामा विवाद मत्थरको संकेतः स्थायी कमिटी बैठक आज
काठमाडौं । पटकपटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने भएको हो ।
गत असार १० गते सुरु भएको बैठकमा समसामयिक विषयहरु छलफलको एजेण्डा बनाइएको भए पनि सुरुमै प्रधानमन्त्रीको राजीनामा माग हुँदा पार्टीमा विवाद उत्पन्न भएको थियो । ओली कुनै पनि हालतमा राजीनामा नदिने अडानमा रहेपछि पार्टीभित्र लामै समयसम्म विवाद चलेको थियो ।
विवादकाबीच शनिबार बसेको सचिवालय बैठकमा ओलीले २०७७ चैतमा गर्ने भनिएको महाधिवेशन आगामी मंसिरमै गर्ने प्रस्ताव अघि सारेका छन् । सो प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सहमति जनाएको बताइएको छ ।
योसँगै ओलीले तत्काल दुबै पदबाट राजीनामा दिन नपर्ने भएको छ । तर, अग्रिम महाधिवेशनको प्रस्तावमा माधवकुमार नेपालले असहमति राखेकाले अझै ठोस सहमति हुन सकेको छैन ।