भारतमा पछिल्लाे २४ घण्टामा ५४३ जनाको मृत्यु, कति थपिए संक्रमित ?
मकालु खबर
२०७७ साउन ४ गते
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा थप ३८ हजार ९०२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ भने ५४३ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ हजार ८१६ र कुल संक्रमित संख्या १० लाख ६६ हजार ६१८ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिले ३ लाख ७३ हजार ३७९ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । ६ लाखख ६६ हजार ४२३ संक्रमित उपचारपछि निको भएर फर्किसकेका छन् ।
सबैभन्दा धेरै संक्रमित महाराष्ट्र र तमिलनाडुमा छन् । जहाँ १ लाख २३ हजार ६७८ एक्टिभ केस छ । तमिलनाडुमा ४९ हजार ४५५, कर्नाकटमा ३६ हजार ६३७ र आन्ध्र प्रदेशमा २२ हजार २६० एक्टिभ केस रहेको छ । त्यस्तै राजधानी दिल्लीमा १६ हजार ७११ संक्रमित केस छ ।
मकालु खबर
२०७७ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित