३ दशकको अनुभव भएका मणिराम पोखरेल प्रभु बैंकको डेपुटी सीईओमा नियुक्त
मकालु खबर
२०७७ साउन ५ गते
काठमाडौँ । प्रभु बैंकको डेपुटी सिईओमा नियुक्त भएका छन् । उनीसँग बैंकिङ क्षेत्रमा ३ दशक लामो अनभव भएका पोखरेलले समृद्धि विकास बैंक प्रभु विकास बैंकमा गाभिएसंगै प्रभु बैंकको सेकेण्ड पोजिसनमा रहेर काम गर्दै आएका थिए ।
बैंक सञ्चालक समितिले पोखरेललाई साउन १ गतेदेखी लागु हुनेगरी डेपुटी सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नविल बैंकमा सहायक स्तरबाट बैंकिङ करिअर सुरु गरेका पोखरेल नेपाल एसविआई बैंक, एनसिसि बैंकमा कार्यरत रहँदै हिमचुली विकास बैंकमा ८ वर्ष सिईओ भएका थिए ।
मकालु खबर
२०७७ साउन ५ गते
प्रतिक्रिया
सम्बन्धित