एक लाख युवालाई रोजगारी प्रदान गरिने, विश्व बैंकको सहयोगमा १४ अर्वको युवारुप आयोजना

काठमाडौँ । सरकारले एक लाख युवालाई रोजगारी दिन युवा रुपको शुभारम्भ गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न विश्व बैङ्कको ऋण सहयोगमा युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनको सुरुवात गरेको हो ।

सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र माल्दिभ्स, नेपाल तथा श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद जार्भोसबाट आज संयुक्त रूपमा मन्त्रालयमा युवारुप आयोजनाको शुभारम्भ गरेका हुन् । यो आयोजना प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आबद्ध गरी सञ्चालन गरिने छ । उक्त आयोजनाको कूल रकम १२० मिलियन अमेरिकी डलर अर्थात् १४ अर्व रुपैयाँ बराबर रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपाल सरकार अर्थ मन्त्रालय र विश्व बैङ्कबिच नोभेम्बर २०१९ मा हस्ताक्षर भएको उक्त आयोजनाबाट करिब ९० प्रतिशत रकम स्थानीय तहका सार्वजनिक पूर्वाधारको मर्मत सम्भार तथा स्तरोन्नति गर्ने कार्य मार्फत रोजगारी सृजनामा खर्च गरिने छ । उक्त परियोजनाबाट ६० प्रतिशत महिला पनि लाभान्वित हुनेछन् ।

स्थानीय तहका ७५३ वटा रोजगार सेवा केन्द्र सुदृढीकरण तथा जनशक्ति थप, आवेदन दर्ता सूचीकरण, प्रोफाइल निर्माण, सिफारिस, अल्पकालीन रोजगार तथा कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी संस्थागत र कार्यक्रमगत सुधारमा आयोजनाले सघाउने छ ।

उक्त समारोहमा विश्व बैङ्कका निर्देशक जर्भोसले भने, ‘आयोजनाले दीर्घकालीन लक्ष प्राप्तिका अतिरिक्त चालू आर्थिक वर्षमा जोखिममा रहेका करिब ७५ हजार विपन्न बेरोजगार युवालाई सार्वजनिक पूर्वाधारको मर्मत सम्भार तथा स्तरोन्नतिमा परिचालन गरी एक सय दिनको ज्याला उपलब्ध गराउनेछ ।’ यस्तै उनले बैङ्कले सरकार, निजीक्षेत्र र विकास साझेदारसँग सहकार्य गरी विपन्न र जोखिमयुक्त जनतालाई सहयोग गर्न तत्पर रहेको बताए

यस्तो छ युवारुप परियोजना : 

युवा रुपको शुभारम्भको लागि प्रस्तुती Final

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977016674″ /]

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *