महालक्ष्मी विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा
मकालु खबर
२०७७ साउन ५ गते
काठमाडौँ । महालक्ष्मी विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा नियुक्त भएका छन् ।
रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा श्रावण २ गतको सञ्चालक समितिको निर्णय अनुसार बैङ्कका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत शर्मा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको हो ।
बैङ्कले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शर्मालाई आज एक कार्यक्रमका बिच स्वागत गरेको छ ।
उक्त कार्यक्रममा संस्थाका नियुक्त कायममुकायम प्रमुख कार्यकारी अधिकृत शर्माले बैङ्क प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुणस्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिवद्धता जनाएका छन् ।
त्यसै गरी उनले बैङ्कको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफू साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशील रहन पनि आग्रह गरेका छन् ।
मकालु खबर
२०७७ साउन ५ गते
प्रतिक्रिया
सम्बन्धित