आज साउन ६ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. साउन ०६, २०७७ । ई.सं. 21 July, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० गुँलाथ्व । प्रमादी दक्षिणायन वर्षा । मंगलवार श्रावण शुक्लपक्ष । तिथि प्रतिपदा, २१:४३ बजे उप्रान्त द्वितीया । नक्षत्र तिष्य, २१:३९ बजे उप्रान्त अश्लेषा । योग वज्र, १९:२४ बजे उप्रान्त सिद्धि । करण किंस्तुघ्न १०:१७ बजेदेखि वव, २१:४३ बजे उप्रान्त तैतिल । चन्द्रराशि कर्कट । आनन्दादि योग प्रवर्द्ध । दिनमान ३३।५८ । सूर्योदय ०५:२२ । सूर्यास्त १८:५७ । गुँलाधर्म प्रारम्भ । सर्वार्थसिद्धि योग २१:३९ बजेदेखि ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज खेल र मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद् भेटको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । खनपिनमा विचार गर्नुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्ने र आर्थिक लाभपनि रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा उत्साहका साथै बोली विक्ने समयछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ । प्रेममा सफलतापनि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नजीकको यात्राको योगछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *