टी-२० विश्वकप क्रिकेट एक बर्षपछि सर्‍यो

काठमाडौं । अष्ट्रेलियामा यस वर्ष तय भएको आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेट एक वर्ष सरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को सोमबार बसेको बैठकले टी-ट्वान्टी विश्वकप एक वर्षपछि सार्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण यस बर्ष अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अस्ट्रेलियामा हुने भनिएको टी-२० विश्वकप अब २०२१ को अक्टोबरदेखि नोभेम्बरसम्म हुने भएको छ । यस विश्वकपको फाइनल खेल १४ नोभेम्बर १४ २०२१ मा हुने आइसीसीले जनाएको छ ।

त्यस्तै २०२२ मा हुने भनिएको टी-२० विश्वकप २०२२ को अक्टोबर देखि नोभेम्बरसम्म हुने भएको छ भने फाइनल खेल १३ नोभेम्बर २०२२ मा हुने आइसीसीले जनाएको छ । आइसीसीले यी दुई विश्वकप कुन देशमा हुन्छन् भन्ने बारे भने स्पष्ट गरेको छैन ।

त्यस्तै सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप अक्टोबर देखि नोभेम्बरसम्म हुनेछ भने फाइनलखेल २६ नोभेम्बर २०२३ मा हुने आइसीसीले निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *