नेकपा स्थायी कमिटि बैठकले निरन्तरता पाउने सम्भावना कति ?
काठमाडौं । पटकपटक स्थगित भइरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाइएको छ ।
निरन्तरको छलफलपछि पनि ठोस निष्कर्ष पुग्न नसकेको नेकपा विवादकाबीत बस्न लागेको बैठकबारे कौतुहलता बढेको छ तर, बैठक बस्ने निश्चित भने छैन । केपी शर्मा ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि नेकपामा झण्डै एक महिनादेखि विवाद जारी छ ।
विवाद समाधानका लागि पटकपटक भएका प्रयासहरु सफल नहुँदा स्थायी कमिटीको बैठक स्थगित हुने शिलशिला चलिरहेको छ । स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षले एकआपसमा र आफू निकटका नेताहरुसँगको छलफल तीव्र पारेका छन् । सोमबार प्रचण्डले आफ्नो निवास खुमलटारमा पूर्व माओवादी तर्फका स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा विवाद अन्त्यको संकेत गरेका छन् ।